काठमाण्डौ । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा  आयोजना भइरहेको  ‘जुत्ता चप्पल व्यापार मेला २०७६’  सुरु भएको छ ।

नेपालको प्रख्यात ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनि पाइने भएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको हो ।  यही मंसिर ६ गतेदेखि  मेलामा नेपालका चर्चित ब्राण्डहरु बीएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् । 

मेलामा नेपालका चर्चित मुख्य ब्राण्डहरुका चुत्ताचप्पलहरु बलियो, आकर्षण र सस्तोमा राखिएकोले ग्राहकहरुको भीड लागेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए । ‘मेलाको उदेश्य भनेको ग्राहक महानुभावको सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएकाले यो मेला ग्राहक महानुभावको आकर्षणमा  परेका छ’ रन सुजका प्रबन्ध निर्देशक न्यौपानले सुनाए ।

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टी सुजसमेत उपलब्ध भएको उपाध्यायले जानकारी दिए  ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले बताए ।  ‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हो,’ प्रसाइले भने । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन्  ।