काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ ।

यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीनदिनभित्र घर कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । 

न्यूनतम ब्याजदरमा सुलभ र सहजरुपमा प्राप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्ने बैंकको दाबीसमेत छ । 
यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिने बैंकले बताएको छ । 
जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ । 

यस सम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथा ग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० एटीएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै बैंकले जनाएको छ ।