कााठमाण्डौ । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आज काठमांडौमा आफ्नो चौथौ सेवाग्राही दिवसको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स,यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरे ।
एण्ड्रिजले नेपालसँग ३ दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ जनाएको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको दाबीसमेत गरेको छ ।
एण्ड्रिज नेपालका ३० भन्दा बढी सम्पन्न तथा निर्मार्णाधीन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ । यस वर्षमात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जोड्न सफल भएको बताएको छ ।
हाल राष्ट्रिय गौरवका आयोजनाहरु,माथिल्लो तामाकोशी जलविद्युत आयोजना(४५६ मेगावाट) र मध्यभोटेकोशी जलविद्युत आयोजना(१०२मेगावाट)साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ ।
जोसेफ उल्मरले आफ्नो स्वागत मन्तव्यमा भने “नेपालको विकासमा हामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौं र हाम्रो संलग्नतालाई निरन्तरता दिंदै देशलाई विकासको मार्गमा डो¥याउने प्रतिवद्धता जाहेर गर्दछौं ।”
नेपालमा एण्ड्रिजले बढ्दो प्रतिवद्धतासंगै यसले सन् २०१७ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरेको छ र नेपालमा विक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago