काठमाण्डौ । लोकप्रिय पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको वरुण वेभरेज प्रालिले करिब २ अर्ब राजश्व ठगी गरेको छ ।
राजश्व अनुसन्धान विभागले लामो छानबिनपछि यस्तो निश्कर्ष निकालेको हो।
विभागले सो कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको राजश्व छलेको आरोपमा जिल्ला अदालत काठमाण्डौमा मुद्धा समेत दायर गरिएको जनाएको छ ।
विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै कम्पनीले गरेको राजश्व छली तथा सोविरुद्ध कानूनी उपचार थालिएको विषयमा जानकारी दिएको हो ।
अदालतमा दायर मुद्धामा विभागले ६४ करोड ९६ लाख रुपैयाँको विगो दाबी गरेको छ। यसबाहेक बिगोको यसको दोब्बर जरिवाना गरी १ अर्ब २९ करोड ९२ लाख अतिरिक्त रकम तिराउनुपर्ने विभागको तर्क छ ।
विभागका अनुसार बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली बिजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रुपमा मालबस्तु नै खरीद नगरी झुट्टा तथा नक्कली कर विजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रुपमा दर्ता गरिएका फर्महरुबाट जारी गरेका बिजक खरीद गरेर राजश्व छल्ने गरेको भेटिएको छ ।
विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष २०७०र०७१ देखि २०७५र०७६ सम्ममा झुटा मूल्य अभिबृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकर समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको बताइएको छ।
विभागले कम्पनीका संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई मुद्दा हालेको छ ।
विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको छ।
कम्पनीका सञ्चालकहरुमाथि बिगो, जरिवाना र जेल सजायको माग गरिएको छ ।
संचालकहरुलाई ३ वर्ष कैदको माग पनि गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19