काठमाण्डौ । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ। रक्तदान कार्यक्रमको सुरुआत कोषका कार्यकारी निर्देशक रमण नेपालले गरे। 

सोही अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे,  विभागीय प्रमुखहरु  शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेलगायतको उपस्थिति थियो। 

कार्यक्रममा कोषका कर्मचारी र अन्य सहभागी गरी करिब ५० जनाले रक्तदान गरेका थिए।