काठमाण्डौ । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाणडौका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ। 

माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँबानेश्वर चोकमा ५००० लिटरको पानी ट्यांकी तथा साबुन र सेनिटाइजरको व्यवस्था गरेको हो। आइतबार बिहान बानेश्वर चोकमा व्यवस्थ गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायबमहानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

अत्याबश्यक कामका लागि बाहिर निस्किने आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोकलगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुम हातधुने ठाउँको व्यवस्था गरेको छ । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोनाभाइसरको संक्रमणबाट बच्नका लागि साबुनपानीले हातधुनु अनिबार्य रहेको तथा कामबिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हातधुन सम्भब नहुने हुदाँ बैंक तथामहानगरिय प्रहरी कार्यालयले आमनागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।  

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्रअन्र्तगत पर्ने भएको हुँनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालयलगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त सेनिटाइजरको व्यवस्था गरेको छ । बैंकले अत्याबश्यकबाहेकका अन्य कामका लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानीका माध्यमको उपयोग गर्न आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबारलाई कम गरिदिनसमेत ग्राहकलाई आग्रह गरेको छ ।