काठमाण्डौ । नेपाल उद्योग परिसंघले  नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सक्रियता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको  उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरे।

हाल परिसंघसंग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भिवष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने  जानकारी गराए। 

अध्यक्ष  मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र  हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताए।  यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो ।
यसअघि परिसंघले स्वास्थ्य संकटको यो घडीमा आ-आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत सबैसँग विशेष अनुरोध गरेको थियो ।