काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस ९ कोभिड १९० प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।
लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाइ हिजो आइतबार रु एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।
स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीलाई चैत्र १६ गते ३ हजार माक्र्स वितरण गरेको छ । यसका साथै २५ किलोको १२ वटा चामलको बोरा, आलु ५० किलो, तेल, नुन लगायतका सामानहरु वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपिई पनि वितरण गरेको छ ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । यसका साथै पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार माक्स प्रहरी प्रशासन, स्वास्थ्य निर्देशनालय र रुपा गाउँपालिकालाई वितरण गरेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago