काठमाण्डौ। नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले प्रभावित कार पेन्टर मजदुरहरुलाई विभिन्न स्थानमा राहात वितरण गर्दै आएको छ।
नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाण्डौका विभिन्न स्थानमा राहत वितरण गरेको हो। नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहतवितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाण्डौको वसुन्धारामा राहत वितरण गरेको छ।
भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिंहले राहत सामग्री वितरण गरेका हुन्। “नेप्लाइको साझेदारी समृद्घि २०२० को’ अन्तर्गत सामाजिक तथा राष्ट्रप्रतिको उत्तरदायित्वस्वरुप राहत वितरण कार्यक्रमलाई नेपालका विभिन्न स्थानमा निरन्तरता दिनेछौँ”, सिंहले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago