काठमाण्डौ । यो विषम परिस्थितिमा ग्राहकको आवश्यकलाई मध्यनजर गर्दै एनआईसी एसिया क्यापिटलले सीमित सेवाहरु सञ्चालन गर्ने भएको छ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्थानीय प्रशासनले काठमाण्डौमा गत बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आदेशबमोजिम औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवाको खरिदका काममा बाहेकका अन्य कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन्। 

त्यसैले निषेधाज्ञा जारी भएको कार्यालयबाट ‘मेरो सेयर’ खाता खोल्न र नवीकरण गर्न तथा डीआईएस सेटलमेन्टलगायत अन्य कार्यमात्र हुने एनआईसी एसिया क्यापिटलले जनाएको छ। डिम्याट खाता तथा मेरो सेयरको नवीकरण अनिवार्य रुपमा अनलाइनमार्फत गर्नुपर्ने क्यापिटलले जनाएको छ।