काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ।
नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाशचन्द्र घिमिरेले उद्घाटन गरेका छन्। महेन्द्रनगर शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ।
बैंकले ८३ शाखा, १२५ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्याइरहेको छ। पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले यो बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19