काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले भारतीय कम्पनी अशोक लेल्यान्डद्वारा निर्मित गाडी खरिदमा बिनाधितो कर्जा प्रवाह गर्ने भएको छ। 

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र माछापुच्छ्रे बैंकबीच यस विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको छ। यसैअनुरुप बैंकको नीतिअनुसार ग्राहकलाई लेल्यान्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि बिना धितो कम्तीमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त हुनेछ। यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मका लागि मासिक किस्ता तिर्ने आधारमा गरिने बैंकले जनाएको छ। 

यो सुविधा अशोक लेल्यान्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारीसाधनमा पनि बैंकको नीति–नियमभित्र रही कर्जा प्रवाहगर्ने भएको छ। अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछा पुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्। 

यो सुविधाले आगामी दिनमा ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले विश्वास लिएका छन्। कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा ब्रान्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्नेमा पनि सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको छ। 

एलसीभी सेग्मेन्टअन्तर्गत दोस्त मोडल (पिक अप, कन्टेनर, रिफ्रिजरेसन भ्यान) का सवारीसाधनहरु विभिन्न एप्लिकेसन जस्तै– दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथामहिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ।