काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतीक्षालय’ को व्यवस्था गरेको छ।

देश तथा  विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी उक्त प्रतीक्षालय निर्माण गरिएको बैंकले जनाएको छ। बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतीक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका छन्। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा विभिन्न संघसंस्था तथा सुरक्षा निकायका विभिन्न अंगलाई भौतिक सहयोग तथा दैवीप्रकोपबाट प्रभावितको उद्धार र पुनस्र्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरतालगायतका कार्यक्रमहरुको आयोजनासमेत गर्दै आएको छ।  

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखारहित बैंकिङ सेवा तथा ५ शाखारहित बैंकिङसमेत गरी जम्मा २९३ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। साथै बैंकको देशभर २०० वटा एटीएम सञ्चालनमा रहेको छ।