काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा सहजै रकम पठाउन सकिन्छ। नगदमा पठाइएको रकम इसेवा मनी ट्रान्सफरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्टमार्फत रकम प्राप्त गर्न सकिन्छ। यस्तै रकम सीधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। 

वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो। जसले एसिया प्रशान्त क्षेत्रमा मोबाइल÷अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ। वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनी हो र यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा रहेको छ। यस कम्पनीले छिट्टै नै जापान, फिलिपिन्स लगायतका मुलुकमा सेवा विस्तार गर्दैछ। 

इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा सुरक्षित, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर प्राप्त गर्नुका साथै समयको बचत गर्न सहयोग मिलेको छ। 

इसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीका रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।