काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई इक्रा एनपी–आईआर बीबीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन।

रेटिङ वर्ग इक्रा एनपी एए देखि इक्रा एनपी–आईआर सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ इक्रा एनपी–आईआर बीबीबी प्लसको स्थिति इक्रा एनपी–आईआर बीबीबीभन्दा एक चिह्न माथि रहनछ जब कि इक्रा एनपी–आईआर बीबीबी माइनसको स्थिति इक्रा एनपी बीबीबीभन्दा एक चिह्न तल रहन्छ।