काठमाण्डौ । एआईसी एसिया क्यापिटल लिमिटेडले आज एकैदिन काठमाण्डौका २ स्थानमा शाखा विस्तार गरेको छ।
क्यापिटलले काठमाण्डौको अनामनगरस्थित टंकप्रसाद घुम्ती सडक र चाबहिलस्थित शान्ति गोरेटोमार्गमा शाखा विस्तार गरेको हो। पछिल्लो समय धितोपत्र कारोबार गर्ने, लगानी व्यवस्थापन सेवा लिने र हितग्राही खाता खोल्नेलगायतका सेवा लिने सेवाग्राहीको संख्या बढ्दो क्रममा रहेकोले क्यापिटलबाट प्रदान गर्ने सेवा सहज र सर्वसुलभ ढंगले प्रवाह गर्नका लागि शाखा विस्तार गरिएको क्यापिटलले जनाएको छ।
यी शाखाहरुबाट खुलामुखी योजनाका इकाइ खरिदबिक्रीसम्बन्धी सेवा, लगानी व्यवस्थापनसम्बन्धी सम्पूर्ण सेवा, डिम्याट खाता, मेरो सेयर खाता खोल्ने तथा नवीकरण गर्नेसहितका निक्षेप सदस्य सेवाअन्तर्गतका सम्पूर्ण सेवाहरु, अनलाइनमार्फत डिम्याट खाता खोलेका ग्राहकहरुले स्वयं उपस्थित प्रमाणीकरण गर्ने सेवा प्रवाह गरिने क्यापिटलले जनाएको छ।
हाल क्यापिटलले काठमाण्डौको कीर्तिपुरस्थित नयाँबजारबाट समेत आफ्नो सेवाहरु प्रदान गरिरहेको छ। आगामी दिनमा उपत्यकाभित्र र बाहिरका प्रमुख सहरहरुमा शाखा कार्यालय विस्तार गर्दै जाने योजना रहेको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19