काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले “एनआईबीएल भी-प्रिपेड इन्टरनेसनल कार्ड” सुरु गरेको छ। 

भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झटमुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको सारा विश्वभर ई-कमर्स भुक्तान गर्न सक्दछन्। बैंकले ग्राहकहरूका लागि ३५ दिन  ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ। 

नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्याइरहेको छ।

पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यो बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।