काठमाण्डौ । जापानमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र डिजिटल वालेटबीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता भएको छ। 

यस सम्झौतापछि जापानमा रहेका नेपालीले डिजिटलको ‘स्माइल मोबाइल रेमिट्यान्स’ एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । यस मोबाइल एप  गुगल प्लेस्टोर÷एपस्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ। 

स्माइल मोबाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ। स्माइल मोबाइलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ। 

कोभिड–१९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोबाइल प्रयोग गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ। यस माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको पनि बैंकले आफ्ना ग्राहकलाई विश्वास दिलाएको छ।