काठमाण्डौ । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ। 

निषेधाज्ञा अवधिमा बंैकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाइ भोग्नुपरे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको हो । जसअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ। 

काठमाण्डौ उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकिएको छ। 

यस्तै प्रदेश नम्बर १ का लागि २ जना, प्रदेश नम्बर २ का लागि २ जना, भरतपुर क्षेत्रका लागि २ जना, मकवानपुर क्षेत्रका लागि एकजना, बुटवल क्षेत्रका लागि एकजना, बागलुङ क्षेत्रका लागि एकजना, नेपालगन्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको छ।