काठमाण्डौ । मारुती सिमेन्ट सर्वशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ। 

हालै मात्र नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको हो। यसका साथै यो न्दा अघि नै ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको छ।

यसले गर्दा अब यो नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डका रुपमा स्थापित भएको कम्पनीले दाबी गरेको छ। यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता, कनट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभचिन्तकहरु तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीलार्इ जाने कम्पनीका ब्रान्ड तथा मार्केटिङ प्रमुख राजु श्रेष्ठले बताए। ‘यसका साथै कम्पनीका तर्फबाट आभार व्क्त पनि गर्दछौं र आगामी दिनमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने प्रतिबद्धता गर्न चाहन्छौँ’, उनले भने। 

मारुतीसिमेन्ट आजभन्दा १५ वर्ष नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगका रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा कम्पनीले अन्तर्राष्ट्रियस्तरको ओपीसी सिमेन्ट मारुती सिमेन्टको उत्पादन गरिरहेको छ।