काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अहिलेको परिस्थितिलाई ध्यानमा राखेर कर विवरण तथा कर रकम दाखिला गर्ने म्याद थप गरिदिन सरकारसमक्ष आग्रह गरेको छ।
तीव्र रुपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट रोकथामका लागि काठमाण्डौ उपत्यकालगायतका स्थानमा निषेधाज्ञा जारी गरिएकोले कार्यालय जाने अवस्था नरहेकोले कर विवरण तथा कर रकम दाखिला गर्ने सम्भावना नभएको भन्दै म्याद थपका लागि आग्रह गरेको हो।
‘अहिले उद्योग, व्यवसाय तथा कार्यालय बन्द छन् र व्यवसायी तथा कर्मचारी आफ्ना कार्यालयमा जान सक्ने अवस्था छैन’, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाका लागि नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछौँ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19