काठमाण्डौ । देशका चार महानगरपालिकामध्ये ललितपुरको मतगणना जारी छ, अन्य तीन महानगरको मतगणना सुरु हुन सकेको छैन । 

महानगरबाहेक काठमाण्डौ जिल्लाका ७ नगरपालिकाहरुको प्रारम्भिक मत परिणाम समेत आउन थालेको छ । यी ७ नगरपालिकामा एमाले ४ स्थानमा अगाडि छ भने कांग्रेस ३ स्थानमा अघि छ । 

किर्तिपुर, नागार्जुन, दक्षिणकाली र शंखरापुर नगरपालिकामा एमालेका उम्मेद्वार अगाडि देखिएका छन् भने चन्द्रागिरी, कागेश्वरी र टोखा नगरपालिकामा कांग्रेस अगाडि छ । 

दक्षिणकालीको मेयरमा एमालेले २७१ र कांग्रेसले १३० मत पाएका छन् । शंखरापुरमा ३ सय ७३ मतका साथ एमाले अघि छ भने माओवादील २ सय ६२ मत ल्याएको छ 

किर्तिपुरमा एमालले यहाँ ५ सय ७७ मत र कांग्रेसले ४ सय ५७ मत ल्याएका छन् । नागार्जुन नगरपालिकामा १ सय ४४ ल्याएर एमाले अघि छ भने कांग्रेस १ सय २६ ल्याएर दोस्रोमा छ। 

चन्द्रागिरिमा ४ सय ६६ मत ल्याएर कांग्रेस अगाडि छ । यहाँ माओवादीले २ सय ८१ ल्याएर दोस्रो र एमालेले २ सय १५ ल्याएर तेस्रो पोजिसनमा छन् ।

टोखामा कांग्रेसका मेयरका उम्मेद्वारले ४ सय ३९ मत ल्याएका छन् भने ४ सय २८ मतसहित एमाले उम्मेद्वार दोश्रो स्थानमा छन् । कागेश्वरीमा कांग्रेसले ३७२ र एमालेले २१५ मत प्राप्त गरेका छन् ।