काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रचण्डपुत्री रेणु दाहाल एमाले उम्मेद्वारसँग पछि परेकी छिन् ।
भरतपुरमा हालसम्मको मत परिणाम अनुसार रेणु दाहालले ६८ मत पाएकी छिन् भने एमालेका देवी ज्ञवालीले १०३ मत पाएका छन् । यो प्रारम्भिक मत परिणाम भए पनि यसले कांग्रेस र माओवादीबीचको चुनावी तालमेल विफल बन्नसक्ने आशंकालाई बलियो बनाइदिएको छ । यो क्षेत्रमा भएको माओवादी–कांग्रेसको तालमेलप्रति दुवै पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुमा तीव्र असन्तुष्टि थियो । यही असन्तुष्टि ब्यालेट बक्समा पनि व्यक्त हुने आशंका गरिँदै आएको छ ।
महानगर एमाले कांग्रेस
काठमाण्डौ ५६ ३६
ललितपुर १८४२ १७४५
भरतपुर १०३ ६८
पोखरा लेखनाथ ५०२ ३३६
ललितपुरमा एमाले उम्मेद्वारले १८४२ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेद्वारले १७४५ मत प्राप्त गरेका छन् ।
काठमाण्डौमा एमालेका विद्यासुन्दर शाक्यले ५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका राजुराज जोशीले ३६, साझा पार्टीका किशोर थापाले ३५ र विवेकशीलकी रञ्जुु दर्शना(न्यौपाने)ले ३१ मत पाएकी छिन् ।
उता, पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा समेत एमाले उम्मेद्वारले नै अग्रता लिएका छन् । एमालेका मानबहादुर जिसीले ५ सय २ मत प्राप्त गरे भने कांग्रेसका रामजी कुँवरले ३३६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा पनि कांग्रेस–माओवादीले तालमेल गरेका हुन् । तर, यो क्षेत्रको तालमेल अझ कमजोर देखिएको छ । यहाँ समेत तालमेलबाट असन्तुुष्टहरुको अन्तर्घातका कारण एमाले उम्मेद्वारलाई एकलौटी फाइदा पुुग्ने विश्लेषण गरिएको थियो । प्रारम्भिक मत परिणामले यही विश्लेषणलाई थप मलजल गरिदिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19