काठमाण्डौ । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रधानमन्त्री पुुष्पकमल दाहालकी पुत्री तथा कांग्रेस माओवादी गठबन्धनको मेयर पदकी संयुक्त उम्मेद्वार रेणु दाहाललाई एमाले उम्मेद्वारले दोब्बर मत अन्तरले उछिनेका छन् । 

यो क्षेत्रमा एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले २४६ मत ल्याएका छन् भने रेणु दाहालले १ सय १३ मत प्राप्त गरेकी छिन् । भरतपुरमा ४ सय मत गन्दाको परिणाम हो यो ।