काठमाण्डौ । सोमबार अबेर राति सार्वजनिक पछिल्लो मत परिणाम अनुसार पनि काठमाण्डौ र भरतपुर महानगरपालिकामा एमालेले नै अग्रता कायम गरेको छ । 

काठमाण्डौमा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ९५ मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाले ७५ मतसहित उनलाई पछ्याउँदैछन् । 

कांग्रेसका राजुराज जोशी ५४ मतसहित तेश्रो स्थानमा छन् ।

उता, भरतपुरमा प्रचण्डपुत्री रेणु दाहालले एमालेका उम्मेद्वार देवी ज्ञवालीसँगको मतअन्तर घटाएकी छिन् । ५ सय मत गनिसक्दा देवी ज्ञवाली २५४ मत पाएका छन् भने रेणुुले १८३ मत पाएकी छिन् ।