काठमाण्डौ । स्थानीय निर्वाचनको ताजा मत परिणामअनुसार जित हासिल भएको क्षेत्रहरुमा पनि एमालेले नै अग्रता लिएको छ । माओवादी र कांग्रेस बराबरीमा छन् । 

हालसम्म एमालेले ७ स्थानमा र कांग्रेस र माओवादीले ६/६ स्थानमा जित हासिल गरेका छन् । 

हालसम्म कांग्रेस, एमाले र माओवादीले कुन-कुन स्थानमा जितको झण्डा पहराए ? हेरौं सूचि :

एमालेले विजय हासिल गरेका स्थानहरुः 
१.जाजरकोट शिवालय गाउँपालिकाः नरेन्द्रकुमार शाही 
२.डोल्पा ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही 
३.डोल्पा शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ 
४.डोल्पा काइके गाउँपालिकाः अंगद राना 
५.मनाङ नेस्याङ गाउँपालिकाः कान्छा घले 
६.मनाङ चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले 
७.मुस्ताङ घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ

कांग्रेसले जितेका स्थान
१.नवलपरासीको बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
२.बागलुङ तमानखोला गाउँपालिकाः जोकलाल बुढा
३.मनाङ नार्फु गाउँपालिकाः मिङ्मा छिरीङ लामा निर्विरोध 
४.मनाङ नोशाङ गाउँपालिकाः चन्द्र घले 
५.मुस्ताङ थाकसाङ गाउँपालिकाः बुद्धिप्रसाद शेरचन 
६.जाजरकोट कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत   

माओवादीले जितेका स्थान
१.डोल्पा, मुडकेचुला गाउपालिका : दतबहादुर शाही 
२.जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया 
३.जुम्ला, गौठिचौर गाउपालिकाः हरिबहादुर भण्डारी 
४.कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही  
५.हुम्ला, ताजकोट गाउपालिकाः बाग्दुल मल्ल  
६.जुम्ला, हिमा गाउँपालिकाः राजबहादुर शाही
*(नोटः यसअघिको रिपोर्ट सच्याइएको छ)