काठमाण्डौ । भक्तपुरको सूूर्यविनायक नगरपालिकामा एमालेका सानुकाजी कायस्थ मेयरमा निर्वाचित भएका छन् । उनी नेतृत्वको पूरा प्यानलले नै जित हासिल गरेको हो । 

निर्वाचन कार्यालयका अनुसार कायस्थले १ हजार ६ सय ४७ मत ल्याई जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्रराज रावतले ८ सय ४७ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा एमालेका अम्बिका न्यौपाने र दलित महिला सदस्यमा कल्पना नेपाली विजयी भए । यस्तै, खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठले जित हात पारेका छन् ।