काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरणको मतदानको नतिजा आउने क्रम जारी छ । यो क्रममा काठमाण्डौ जिल्लाका १० नगरपालिकाको ताजा मत परिणाम समेत प्राप्त भएको छ ।
काठमाण्डौका १० नगरपालिकामध्ये ६ वटामा एमालेले अग्रता लिएको छ भने ४ वटामा कांग्रेसको अग्रता छ ।
शंखरापुर नगरपालिकाको मेयरमा एमाले १४८२ मतसहित अग्रस्थानमा छ । यो क्षेत्रमा माओवादी ११८८ मतसहित पछ्याइरहेको छ । बुढानीलकण्ठ नगरपालिकामा एमालेले ३११० र नेपाली काँग्रेसले २३६७ मत ल्याएका छन् ।
दक्षिणकालीमा एमालेले २४३३ मत ल्याएको छ, उसलाई कांग्रेसले १९८० मतसहित पछ्याइरहेको छ। नागार्जुन नगरपालिकामा पनि एमाले उम्मेद्वार १०१४ मतसहित अगाडि छन् । उनलाई कांग्रेस उम्मेद्वारले ८६० मतसहित पछ्याइरहेका छन् । किर्तिपुरमा पनि एमाले उम्मेद्वारकै अग्रता रहेको छ ।
उता, कांग्रेसले चाहि कागेश्वरी, गोकर्णेश्वर, टोखा र चन्द्रागिरीमा अग्रता लिइरहेको छ । कागेश्वरीमा कांग्रेसका उपेन्द्र कार्कीले एमालेका कृष्णहरि थापालाई पछि पारेका छन्। त्यस्तै गोकर्णेश्वर नगरपालिकामा कांग्रेस १७३६ मतसहित अग्रस्थानमा छ, उसलाई एमालेले १३४० मतसहित पछ्याइरहेको छ । टोखामा कांग्रेसको ३१२३ र एमालेको २३११ मत आएको छ भने चन्द्रागिरीमा कांग्रेसले ३०५५ मत ल्याउँदा माओवादीले १४९० मतले उसलाई पछ्याइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19