काठमाण्डौ । मंगलबारसम्म काठमाण्डौका १० नगरपालिकाहरुमा कायम एमाले अग्रता बुुधबार बिहानसम्म कांग्रेसले तोडेको छ । पछिल्लो मत परिणाम अनुसार १० मध्ये ६ नगरपालिकामा कांग्रेस उम्मेद्वारले अग्रता लिएका छन् भने एमाले ४ नगरपालिकामा सीमित बनेको छ । मंगलबारसम्म एमाले ६ र कांग्रेस ४ स्थानमा अगाडि थियो । 

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा मेयरमा काँग्रेस ४ हजार ६ मतसहित अगाडि छ । एमालेले १ हजार ५ सय १२ मतले पछ्याइरहेको छ ।

टोखा नगरपालिकाको मेयर तथा उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । मेयरमा ४ हजार ५२ र उपमेयरमा ३ हजार ८ सय ९२ मतसहित कांग्रेस अगाडि छ । एमाले मेयरमा ३ हजार ६ सय ५६ र उपमेयरमा ३ हजार ७ सय ९० मतसहित पछ्याइरहेको छ । 

यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेसले मेयरमा १०८६ र उपमेयरमा १०८२ मतका साथ अग्रता लिएका छन् । यहाँ एमालेको मेयरमा ९८७ र उपमेयरमा १०४२ मत आएको छ । 

नागार्जुन नगरपालिकाको मेयरमा पनि कांग्रेसकै अग्रता छ । यहाँ कांग्रेसले १५२० मत ल्याउँदा एमालेले १४५८ मतसहित पछ्याइरहेको छ । 

काठमाण्डौको अर्को नगर तार्केश्वरमा मेयरमा काँग्रेस २०२७ मतसहित अग्रस्थानमा छ भने एमालेले १७७८ मत ल्याएको छ । 

गोकर्णेश्वर नगरपालिकामा पनि नेपाली काँग्रेसको मेयरमा अग्रता छ। जहाँ काँग्रेसले २७७२ मत ल्याएको छ भने एमालेको १९५९ मत छ। 

एमालेका उम्मेद्वारहरुले बुढानिलकण्ठ, शंखरापुर, दक्षिणकाली र किर्तिपुर गरी ४ वटा नगरपालिकामा अग्रता लिएको छ । बुढानिलकण्ठमा एमालेले ३१०८ र काँग्रेसले २३०८ मत ल्याएको छ। शंखरापुरमा पनि एमालेको अग्रता छ । यहाँ एमालेले मेयरमा २७४८, उपमेयरमा २५२३ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले मेयरमा १७९१ र उपमेयरमा १७८७ मतसहित एमालेलाई पछ्याइरहेको छ । 

दक्षिणकाली नगरपालिकामा एमाले २३८७ मतसहित अगाडि छ । कांग्रेसले १९३८ मत ल्याएको छ उता, किर्तिपुरमा पनि एमालेकै अग्रता छ । यहाँ एमालेका रमेश महर्जनले ६१४ मत ल्याएका छन् भने कांग्रेसका राजकुमार नकर्मीले ६०७ मत प्राप्त गरेका छन् ।