subarna shrestha
काठमाण्डौ । काठमाण्डौ जिल्लाका १० नगरपालिकामध्ये मतगणना सकिएको शंखरापुर नगरपालिकामा एमालेले जितको झण्डा गाडेको छ ।
एमालेको तर्फबाट मेयरका उम्मेद्वार सुवर्ण श्रेष्ठले कांग्रेसका उम्मेद्वार शंकर तिवारीलाई फराकिलो मत अन्तरले पछार्दै जित हासिल गरेका हुन् ।
श्रेष्ठले ४८३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिदन्दी कांग्रेसका तिवारीले २९५० मत प्राप्त गरे ।
उपमेयरमा पनि एमाले उम्मेद्वारले नै जित हासिल गरेका छन् । एमाले उम्मेद्वार शुक्रलक्ष्मी श्रेष्ठले ४५०१ मतसहित उपमेयरमा बाजी मारेकी हुन् ।
काठमाण्डौ जिल्लामा १ महानगरसहित १० नगरपालिका रहेका छन् । काठमाण्डौमा एमालेको यो विजयी सुरुवात हो । अन्य ९ नगरपालिकामध्ये हालसम्म ३ स्थानमा एमाले अगाडि छ भने महानगरमा समेत एमाले अग्रता कायमै छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19