काठमाण्डौ। विश्वविख्यात गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा खुलेको छ।

नायिका ऋचा शर्माद्वारा उद्घाटन गरिएको गोदरेज मोडुलर किचेनको नयाँ शाखा काठमाण्डौको टेकुमा खुलेको हो। विश्वमै उच्च माग रहेको यस कम्पनीले नेपालका ७ वटा सहर काठमाण्डौ, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैंडाकोटमा ८ वटा शाखा खोलिसकेको छ। 

एक ठाउँबाट अर्काे ठाउँमा सजिलै सार्न सकिने यस किचनमा १५ वर्षको पूर्ण वारेण्टी रहेको छ। गोदरेज मोडुलर किचनको भित्री भागबनाउँदा ३०४ ग्रेडको ज्ञाल्भनाइज्ड स्टिललाई ईपोक्सी पोलिस्टर पाउडरले कोटिङ गरेको हुँदा यसमा कुनै किसिमको खिया लाग्दैन।फुन्सी, आगो तथा पानीले असर गर्दैन र काठ तथा प्लाईको किचन जस्तै पानीले गल्दैन र सड्दैन।

यो किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मर्मत सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेनभन्दा मूल्यको हिसाबले धेरै सस्तो पर्न जान्छ। 

यो किचेन किरा, साङ्ला, धमिराबाट पूर्ण रूपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न पनि सजिलो छ। यो किचन खाना पकाउँदाप्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको छ।