काठमाण्डौ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँचोकमा आज (भदौ ७ गते) बाट जावा मोटरसाइकलको विशिष्ट शोरुम खोलेको छ।
यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीहरुका लागि आफ्नो लोकप्रिय मोडेलहरुमा सुलभ पहुँच प्रदान गर्नुका साथै ‘जावा लाइफ’ को अनुभव गर्ने मौका प्रदान गरेको छ।
उद्घाटन कार्यक्रममा अग्नि मोटोइंकलका महाप्रबन्धक शरद मिश्रले भने, ‘हाम्रा सबै ग्राहक र यस क्षेत्रवरपरका ग्राहकलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरुमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरुम स्थापना गरिएको हो।’
कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरुले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगन्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ का लागि पहुँच प्राप्त गर्न सक्नेछन्।
जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरुका बीच एक राम्रो विकल्प बन्न पुगेको छ। यो नेपाली बजारमा अग्नि मोटोइंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरु भएका स्थानहरुमा सुलभ रूपमा उपलब्ध भइसकेको छ।
नेपालगन्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ। जुन वास्तविक क्लासिक स्टाइलका साथ छ। जसले आधुनिक रेट्रो मोटरसाइकलहरुलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ।
जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरुको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरु नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरुले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।
जावा मोटरसाइकलका बारेमा
जावा चेक गणतन्त्र, पूर्वचेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो। जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरुमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो। यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो। सुन्दर डिजाइन र बलियो प्रदर्शनले यसले प्रयोगकर्ताहरुका मन जित्नमात्र सहयोग नगरी विश्वका थुप्रै विश्व उपाधि पनि जितेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago