काठमाण्डौ । यसपालिकाको बुवाको मुख हेर्ने दिनमा अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ। 

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु. ५०० सम्म), माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु. ५०० सम्म) र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु. ५०० सम्म) को छुट पाउनेछन्।

स्मार्टडोकोले दैनिक रुपमा आकर्षक अफर पनि ग्राहकमाझ ल्याइरहेको छ। स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन निम्न उपहार पाउन सक्नेछन्। 

  • Tuddrom R4 High-Res Audio Wired Metal Earphone 
  • uddrom H2 Coaxial Dual Driver High-Res Audio Wired Earphone 
  • Baltra True Hair Trimmer 
  • Haylou LS02 Smart Watch 
  • Insulated Stainless Steel Coffee/Tea Mug 
स्मार्टडोकाले बुवाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ। जसअन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्विट, घडीहरु, विभिन्न प्रकारका खाना, पर्फ््युमm हेल्थ एन्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। ग्राहकले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आईओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत पनि अर्डर गर्न सक्नेछन्। 

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्ट विभिन्न क्याटेगोरीमा उपलब्ध छन्। जसमा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फुड एन्ड ग्रोसरिज, कोभिडका अत्यावश्यक सामग्री, हेल्थ एन्ड ब्युटी, होम एन्ड लिभिङ तथा विभिन्न प्रकारका प्रडक्ट खरिद गर्न सक्नेछन्। 

स्मार्टडोकोको ग्राहकले काठमाण्डौ उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरीसमेत उपलब्ध गराएको छ। यसका साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ।

यो अफर भदौ १८ गतेदेखि भदौ २२ गतेसम्म लागू हुनेछ।

हालै आईएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्नसमेत सफल भइसकेको छ।