काठमाण्डौ । पछिल्लो मत परिणाम अनुसार प्रचण्डपुत्री रेणुु दाहाल भरतपुर महानगरपालिका मेयरको दौडमा फेरि पछाडि परेकी छिन् । 

स्थानीय निर्वाचन अन्तरगत जारी मतगणनाको पछिल्लो अपडेट अनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार देवी ज्ञवाली १५ हजार १ सय ५५ मतसहित फेरि अगाडि बढेका छन् । कांग्रेस माओवादीकी साझा उम्मेद्वार रेणुु दाहालले भने १४ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन् ।