काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । 

जस अनुसार मेयर पदमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले फराकिलो मतअन्तरलाई कायमै राखेका छन् । हालसम्म उनले १३ हजार १ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीले ९०८१ मत प्राप्त गरेका छन् । 

तेश्रो स्थानमा ५२६२ मतसहित विवेकशीलकी रञ्जुु दर्शना छिन् । चौथो स्थानमा साझा पार्टीका किशोर थापा छन् । उनको मत ४१२८ रहेको छ ।