काठमाण्डौ । हार्ड रक क्याफे® अक्टोबारबाट काठमाण्डौको मुटु दरबारमार्गमा अवस्थित शेर्पा मलमा खुल्ने भएको छ।
सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह “Memorabilia” साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु कक्टेल्सका साथमा आफ्नो नयाँ सहरप्रति प्रस्तुति पनि पेश गर्ने भएको हो। शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेस्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ। जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिनेछ।
क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो। जसका लागि हार्ड रक® प्रसिद्ध छ। यी बर्गरहरुमा चेद्दार चिजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेन्ड टमाटर भएको प्रख्यात बर्गरसमेत रहेको छ। जसलाई हार्ड रक® को मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइनेछ।
यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैका साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चिजका साथमा सलाद रहनेछ भनें स्यान्डविचहरु बर्बेक्यू गरिएको चिकन वा ग्रिल्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चिज फ्राई गरेर पस्किइनेछ।
मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स् पनि हुनेछ। जुन खास गरेर हार्ड रक क्याफे® काठमाण्डौका लागि डेनमार्कबाट झिकाइएको छ। ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेन्डसँग सिजनिङ गरिनेछ। त्यसपछि घरेलु बार्बेक्यू ससका साथमा मिसाएर सटिकताका लागि ग्रिल्ड गरिनेछ अनि सिजन्ड फ्राइज, कोलस्ल र र्यान्च स्टाइलका सिमीहरुसँग पस्किइनेछ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटहरको जुस र चक्काको ब्लेन्ड, जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्योलगायत बुजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको चयन रहनेछन्।
हार्ड रक क्याफेकोे प्रमुख आर्कषणमध्ये यसमा अवस्थित संग्रह “Memorabilia” पनि हुनेछ र ग्राहकले संग्रहको समीपमा रही विभिन्न परिकारहरुको नौलोे स्वाद पनि लिन सक्नेछन्। यसका साथै पहिलो तल्लामा अवस्थित “Rockshop” मा गई विभिन्न सामान खरिद गर्न सक्नेछन्।
हार्ड रक क्याफे® काठमाण्डौमा १०० जना स्थानीय कामदार रहनेछन्। यहाँका धेरैजसो खाद्य वस्तु साना तथा स्थानीय उत्पादकमार्फत आपूर्ति गरिनेछन्। आर्थिक अवस्था खस्किरहेको वर्तमान समयमा हार्ड रक क्याफे®ले स्थानीय समुदायमा ठूलो धनराशि लगानी गर्दैछ। ‘सन् २०२१ भित्रमा नै हार्ड रक क्याफे® सञ्चालनमा ल्याउनु हाम्रा साझेदारहरुका लागि ठूलो चुनौती भएको छ र हामी अन्ततः यो सुन्दर, मनोरम नगरी काठमाण्डौमा यसप्रकारको प्रख्यात क्याफे सञ्चालन गरिएको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेका छौँ’, हार्ड रक इन्टरनेसनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्नान्डेजले भने, ‘हामी काठमाण्डौका हाम्रा प्रशंसकहरुलाई सुरक्षित र शान्त वातावरणमा स्वागत गर्न आतुर छौँ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago