काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम प्राप्त भएको छ । राति ११ः१५ बजेको मत परिणाम अनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले मत अन्तरलाई अझ फराकिलो बनाउँदै अग्रता लिएका छन् । 

शाक्यले कांग्रेसका राजुराज जोशीलाई ८ हजार २ सय ४१ मतको अग्रता लिएका छन् । शाक्यले कुल २७ हजार ५० मत ल्याएका छन् भने जोशीले १८ हजार ८ सय ९ मत ल्याएका छन् ।

विवेकशीलकी रञ्जुु दर्शना १० हजार ६ सय ४१ मतसहित तेश्रो स्थानमा अडिरहेकी छिन् । चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले ८ हजार १ सय मत ल्याएका छन् । यो क्षेत्रमा माओवादी उम्मेद्वारको जमानत जफत हुने अवस्थाछ । हालसम्म माओवादीका मेयर पदका उम्मेद्वार सर्वोत्तम डंगोलले ३ हजार मत समेत कटाउन सकेका छैनन् ।