काठमाण्डौ । नेपालको ब्रान्डेड जुत्ता कम्पनी शिखर सुजले दसैंतिहार लक्षित गरेर विभिन्न जुत्ता तथा चप्पल खरिदमा भारी छुटको व्यवस्था गरेको छ।
भृकुटीमण्डपमा शिखर सुजद्वारा आयोजित दसैँतिहारको जुत्तामेला भारी छुटको व्यवस्था गरिएको हो। मेला कात्तिक २९ गतेसम्म सञ्चालन हुने सञ्चालक राजु उप्रेतीले जानकारी दिए।
उप्रेतीका अनुसार मेला सकिनै लाग्दा कम्पनीले आफ्ना ग्राहकलाई भारी छुट पनि दिएको हो। स्पोर्ट सुज, पार्टी सुज, क्याजुअल सुज, लेदर सुजमा ६ महिनाको वारेन्टीसँगै १५ प्रतिशतसम्म छुट दिइएको छ। त्यसैगरी ३ हजार ५०० र ४ हजार २०० रुपैयाँको क्याजुअल पार्टी सुजमा छानीछानी १ हजार ५०० रुपैयाँमै पाइने पनि उप्रतिले जानकारी दिए।
यस्तै ३ हजार र ३ हजार ५०० रुपैयाँको स्पोर्ट सुज पनि छानीछानी १ हजार ५०० रुपैयाँमा एक जोर र २ हजार ५०० रुपैयाँमा २ जोर नै पाइने पनि उप्रेतीको भनाइ छ।
जुत्तामात्रै नभएर चप्पलतर्फ पनि कम्पनीले भारी छुट दिएको छ। ७०० र ५०० रुपैयाँको पीयू जेन्स चप्पल ७०० मा नै २ जोर पनि उपलब्ध हुनेछ। ९०० र १ हजार २०० रुपैयाको स्कुल सुज ५०० रुपैयाँ मा एक जोर उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।
यसैगरी २ हजार रुपैयाँको स्पोर्ट सुज, पार्टी सुज र क्याजुअल सुज पनि ५०० रुपैयाँमा एक जोर पाइने कम्पनीले जनाएको छ। ५०० रुपैयाँको वेली, मुकासिन, कन्भर्स केक र स्कुल सुज ७०० रुपैयाँमा २ जोर र १ हजार रुपैयाँमा ३ जोर पाइने कम्पनीको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago