काठमाण्डौ। हार्ड रक क्याफे काठमाण्डौको मुटु दरबारमार्गमा रहेको शेर्पा मलमा सञ्चालनमा आएको छ।
संगीत उद्योगका केही प्रख्यात कलाकार लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स् र माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको छ। भव्य मलको पहिलो र माथिल्लो तल्लामा संचालनमा आएको यस रेष्टुरेन्टले करिब २६० जना अटाउने गरी भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ। जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।
क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण भनेकै बर्गर हो। जसका लागि हार्ड रक प्रसिद्ध छ।
यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड गोलभेंडा भएको प्रख्यात बर्गरसमेत रहेको छ। जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टिक ससका साथ उपलब्ध गराइनेछ।
यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालो सीमि र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ भने स्यान्डविचहरु बार्बीक्यू गरिएको चिकन वा ग्रिल्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चीज फ्राई गरेर पस्किइनेछ।
मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बेबी ब्याक पोर्क रिब्स पनि हो। जुन खास गरेर हार्ड रक क्याफे काठमाण्डौका लागि डेनमार्कबाट आयात गरिएको हो। ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेण्डसँग सिजनिङ गरिन्छ। त्यसपछि घरेलु बार्बीक्यू ससको साथमा मिसाएर सटिकताको लागि ग्रिल्ड गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमिहरुसँग पस्किइन्छ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको न्यू ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटहरको जुस र चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बूजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको संग्रह रहेको छ।
क्याफेमा आउनेहरुले आफ्नो सम्झनाको चिनोस्वरुप विषेश वस्तुहरु खरिद गरिने हार्ड रक ‘रकसप’ पनि छ।
हार्ड रक क्याफेले प्रारम्भमा हरेक दिन राती स्थानीय प्रतिभाहरुको सांगीतिक सिर्जना प्रस्तुत गरेर उनीहरुको प्रतिभा प्रवर्द्धनमा सहयोग गर्नेछ र हरेक शनिबार दिउँसो १ देखि ३ बजेसम्म एकोइस्टिक ब्रन्चको सञ्चालन गर्नेछ।
हार्ड रक क्याफे काठमाण्डौ हरेक दिन बिहान ११ः३० बजेदेखि खुला हुनेछ भनें बिहीबारदेखि शनिबारसम्म बिहान २ बजे बन्द हुनेछ र आइतबारदेखि बुधबारसम्म मध्यरातमा बन्द हुनेछ। हार्ड रक ‘रकसप’ हरेक दिन बिहान १० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago