काठमाण्डौ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाण्डौ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ।

हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउनका लागि यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ। सोमबार बिहान प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो। 

यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाण्डौ–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटर यात्रा गर्नेछन्।

नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा फ्ल्याग अफ गरेर यात्राको औपचारिक सुरुआत गरेका हुन्। उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतकर्ता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे।
यस्तै कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रतिनिधिले बताएका छन्।