काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सुनसरी जिल्ला बराह क्षेत्र नगपालिकास्थित प्रकाशपुर शाखामा आबद्ध सदस्य प्रकाश बहरदारलाई संस्थाले राहत उपलब्ध गराएको छ। 

गत बुधबार दिउँसो बहरदारको घरमा सोलार प्यानलको बिजुली सर्किट सट भई आगलागी भएको थियो। आगलागीमा घर पूरै जलेर नष्ट भएको हो। 

प्रहरीचौकी मधुवनले उठाएको मुचुल्कामा उक्त घटनामा नगद, गहना, अन्नपात तथा लुगाफाटोसहित करिब १० लाख रुपैयाँबराबरको क्षति भएको जनाइएको छ। घरमा कोही नभएको अवस्थामा मानवीय क्षति हुन नपाएको र दमकल ल्याएर ात्र आगो नियन्त्रणमा लिन सकिएको थियो।

वैदेशिक रोजगारीका लागि प्रक्रिया हुँदै गरेको र म्यानपावर कम्पनीले बोलाएको हुँदा नगद घरमा नै राखेको अवस्थामा नगद सबै जलेर काम नलाग्ने भएको र केही टुक्राहरु बाँकी भएको परिवारले जनाएको छ।

मिर्मिरे लघुवित्तले घटनाको जानकारी पाउनासाथ तत्कालै निज परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडालगायत सामग्री राहतस्वरुप पीडित परिवारलाई राहत उपलब्ध गराएको हो। पीडित बहरदारको घरमा क्षेत्रीय प्रमुख राजेश श्रेष्ठ, ब्ल स्टेशन प्रमुख षडेन्द्रप्रसाद त्रिखत्री, प्रकाशपुर शाखा प्रमुख चन्द्रप्रकाश शाह तथा फिल्ड कर्मचारीहरु पुगरेर राहत वितरण गरेको हो।