काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ।

बैंकले बचत खाता तथा मुद्दति खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो। उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दति खातामा पाइनेबराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यसका साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामै जम्मा हुने र सोमा समेत मुद्दतिकै ब्याज प्रदान गर्ने भएको ग्राहकलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ। यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। 

यसका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२ र कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।