काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कायम मुकायम प्रभु कार्यकारी अधिकृतमा गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सञ्चालक समितिले माघ १ गतेबाट लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि शर्मालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

सोही बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यको राजीनामा पनि स्वीकृत गरेको छ।

शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एन्ड इन्भष्टमेन्टससँगको गभिने प्रक्रियमा अग्रेणी भूमिका निर्वाह गरेका थिए। उनीसँग माछापुच्छ्रे बैंकलगायतका विभिन्न संस्थाहरुमा २० वर्षभन्दा बढीे काम गरेको अनुभव रहेको छ।