काठमाण्डौ । बीसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरु भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रालिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ। जसले विद्यार्थीको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ।

नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरुको एनिमेटेड भिडियो, पावर प्वइन्ट प्रिजिन्टेसन, क्विज तथा गेम र नोट परिमार्जित रुपमा उपलब्ध गराइएको छ। 

विद्यार्थीले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मन लागेको बेला मुभी हेरेजस्तै रमाइ–रमाइ हेर्दै गाह्रोभन्दा गाह्रो पाठहरु सजिलोसँग बुझ्न सक्छन्। 

यसमा भएका क्विज तथा गेमहरु विद्यार्थीले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन्। यसरी गेम खेल्दा सही जबाफ दिएबापत प्वइन्ट र उपहारहरु पनि पाउँछन्। जसले विद्यार्थीलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्छ।

विद्यार्थीले पढ्दा केही जानेनन् भने वा होमवर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनीहरुले जतिबेला पनि मिडस् एक्लस्सबाट शिक्षकहरुसँग भिडियोमा कुरा वा च्याट  गर्दै सिक्न पाउँछन्। विद्यार्थीलाई सिकाउन देशभरका सयौँ दक्ष्य शिक्षकहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमो उपलब्ध हुनेछन्। यसरी शिक्षक हरेक पल साथमा हुँदा विद्यार्थीलाई पढेको नबुझिएला, होमवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन।

विद्यार्थीलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्यांकन, मक इक्ज्याम र परीक्षा तयारी कक्षाहरुको व्यवस्था गरिएको छ। 

विद्यार्थीको प्रतिभा उजागर गर्न र उनीहरुलाई अतिरिक्त पाठ््यक्रम गतिविधिहरु गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन, हारमुनियम, डान्स, ह्यान्डराइटिङ, चेस क्लास आदि पनि सञ्चालन गरिन्छ। 

विद्यार्थीमा आत्मविश्वास बढाउन र उनीहरुलाई प्रतिस्पर्धी बनाउन विभिन्न विद्याहरु जस्तै– साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्यान्डराइटिङ, लिक्टेचर आदिमा नियमित रुपमा प्रतियोगिता गराइन्छ र पुरस्कृत गरिन्छ।

अहिले कोभिडका कारणले घरमा बसेका विद्यार्थीलाई ‘मिदास इक्लास’ले पाठ्यक्रममा आधारित विषयहरु पढ्न र अतिरिक्त क्रियाकलाप गर्न झनै सजिलो बनाएको छ।

मिदास एजुकेसन प्रालिले ‘मिदास इक्लास’ का सेवाहरु विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनका लागि निशुल्क उपलब्ध गराएको छ।

यो सेवा कसरी लिने ?

१. गुगल प्ले स्टोरमा गएर मिदास इक्लास खोजेर डाउनलोड  गर्ने वा यो ीष्लप मा गएर डाउनलोड  गर्ने जततउकस्ररउबिथ।नययनभि।अयmरकतयचभरबउउकरमभतबष्किरुष्म.अयm।mष्मबक।भअबिककलभध 

२. आफूले चहाएको कक्षा छानेर मिदास इक्लासमा साइनअप गर्ने। साइनअप गर्ने तरिका थाहा पाउन यो लिंकमा जाने  जततउकस्ररथयगतग।दभरत्रबदटःअःःत्धन

३. इदास इक्लासमा गएर आफूले चहाएको विषय आफैँ वा शिक्षकसँग पढ्ने। 

४. इदास इक्लास प्रयोग गर्न मद्दत आवश्यक भएमा सो एपमा भएको सपोर्ट आइकनमा थिचेर जुम, ह्वाट्सएप, भाइबर, फोन वा च्याटमार्फत हामीलाई बिहान  ७ बजेदेखि बेलुका ९ बजेसम्म सम्पर्क गर्न सकिन्छ।