काठमाण्डौ । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँशैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० आज नेपालमा सार्वजनिक गरेको छ। सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ। 

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ। विषेशगरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदिमा। झन् नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ।  

सेगवे नाइनबोटको लागि नेपालमा आई हब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो। आई हबका निर्देशक तथा मालिक बिजुली दाइ भनेर चिनिने लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारीसाधनका साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्द्धन गर्ने उद्देश्य हेतुले आयात गरेका हुन्। 

विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई–स्कुटर ब्रान्ड सेगवे ई–१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ। आई हबले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे ई–स्कुटरका अन्य मोडलहरु पनि ल्याउने छ। 

उत्कृष्ट सुरक्षाका सुविधाहरुका साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन। त्यसैगरी स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन। 

सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ। सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन्– एउटाले स्कुटरलाई अन–अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ। 

सिट कुसनको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ। 

नाइनबट ई–स्कुटर ई–१०० चार भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ– कालो, सेतो, नीलो र रातो। परम्परागत स्कुटरको तुलनामा ई–१०० आकर्षक डिजाइनमा उपलब्ध छ। यसको साइज १७५५ एमएम x ६७५ एमएम x ११३५ एमएम रहेको छ। विद्युतीय सवारीसाधन भए पनि ई–१०० को तौल ८० केजी छ।

यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ। जसले स्वचालित रुपमा वातावरणीय प्रभावअनुसार प्रकाश फ्याल्दछ। 

यो ई–स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री–क्ष्एह्छ IPX5 (Battery-IPX7) जस्ता सुविधाहरु उपलब्ध छ। साथै, यसले उत्कृष्ट टर्क पनि प्रदान गर्दछ। 

यसमा ४ प्रतिशत भोल्युमबाट १०० प्रतिशत भोल्युमसम्म चार्ज गर्न लगभग ७ घण्टा लाग्छ। डुअल ब्याट्री मोडअन्तर्गत यसमा २०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। 

ई–१०० सँग एक स्वतन्त्र रुपमा विकसित झट्का अवशोषण प्रणाली पनि छ। जसले सडकको सतहको अवस्थाअनुसार प्रतिक्रिया दिँदै प्रकाश कम्पनहरु कम गर्दै सवारीको कडापना र चिसोपनाको सही समायोजन गर्दछ। जसले गर्दा सवारी थर्किएको अनुभव कम हुन्छ।

सेगवे ई–१०० को नेपाली मूल्य रु. २ लाख ९१ हजार ००० तोकिएको छ।