काठमाण्डौ । ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज मायस्ट्रो–अनलाइन लाइभ क्विज’ एकदिने अनलाइन हाजिरी जबाफ प्रतियोगता आयोजना गर्न लागेको छ।
प्रतियोगितामा १६–२४ वर्षका युवाहरुले निःशुल्क प्रतिस्पर्धा गर्नेछन्। यो युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो। विगतका दिनहरुमा नलेज मायस्ट्रो ४ संस्करणहरु सफलतापूर्वक आयोजना गरिएको थियो।
दुवै विधामा आवेदन खुलेको आयोजकले जनाएको छ। दुवै विधा प्रतियोगिताका विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु. १५ हजार, रु. १० हजार रु. ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतिस्पर्धा मापदण्ड
प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगीले https://glocalafterschool.com/knowledge-maestro-2022 मा दर्ता गराउनुपर्ने छ। आईटी तथा व्यापार एवं पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिति क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारणा गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19