काठमाण्डौ। नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारीसाधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ।
आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो। अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए पनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ।
प्रयोगकर्ताहरुले भुक्तानी गर्नुपूर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरण अनलाइन भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ। यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) को वेबसाइटमार्फत सहजै गर्न सकिन्छ। यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ।
एकपटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताले अब निम्न चरणहरु प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन्–
नयाँ प्रयोगकर्ता या पहिलापटक यो सेवा प्रयोग गर्न लाग्गेकाहरुलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एपमै उपलब्ध गराइएको छ। भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै ‘खल्ती’मा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन्। खल्ती होमपेजको ट्रान्ज्याक्सनमा गई दुवै बिल प्राप्त गर्न सकिन्छ। थप प्रक्रियाको लागि सेवाग्राहीले ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेस गर्नुपर्नेछ।
‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19