काठमाण्डौ । हाइटेक इन्जिनियरिङ प्रालिले काठमाण्डौमा डिजिस्टोरको दोस्रो मल्टिब्रान्ड स्टोर सुरुआत गरेको छ।
काठमाण्डौको सुकेधारामा आइतबार सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउने गरी स्टोरको सुरुआत गरेको हो। कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो। यसैगरी बिराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन्।
सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिडका कारण केही ढिलो गरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाण्डौका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताए। काठमाण्डौबाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए।
कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्रान्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ। नेपाली ब्रान्डका रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आईटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन्।
यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ। डिजिस्टोरमा डिजिकमबाहेक अन्य ब्रान्डहरु प्रडक्ट, मोबाइल एसेसरिज, ल्यापटपलगायतका दर्जनौँ प्रडक्टहरु उपलब्ध रहेका छन्।
त्यस्तै कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ।
डिजिटल र अन्य प्रडक्टहरुसहितको डिजिस्टोर एक आधुनिक स्टोर हो। जहाँँ सामान किन्नमात्रै नभएर वास्तविक रुपमा प्रविधिका नयाँ प्रडक्टहरुबारे अपडेट पनि लिन सकिन्छ। स्टोरका सामानहरु डिजिस्टोर डटकम डटएनपीमार्फत पनि अर्डर गर्न सकिनेछ।
डिजिस्टोरलाई देशैभरि सेवा विस्तार गर्ने गरी काम गरिरहेको कम्पनीका अध्यक्ष बंशलले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago