काठमाण्डौ। नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौमा एकैदिन ४ वटा शोरुम उद्घाटन गरेको छ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स इम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टीभी हाउस र नक्सालमा रहेको बी इन्टरप्राइजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमबीच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका हुन्। 

उद्घाटन कार्यक्रममा डिश मिडिया नेटवर्कका नेसनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जसबहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशी तथा ब्रान्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति थियो। 

त्यस्तै सीएम ट्रेडिङका सेल्स म्यानेजर सुनिल बाबा भट्ट र सेल्स अफिसर बिक्रम लामा तथा स्टोम नेटवर्कतर्फबाट मंगल गुरुङ र रमेश केसी उपस्थिति थियो। 

एलेक्स इम्पेक्सको सञ्चालन रामकुमार श्रेष्ठ र केशव कोइराला, बलम्वु टीभी हाउसको सञ्चालन प्रभात भट्टराई र बी इन्टरप्राइजेजको सञ्चालन आकाश मानन्धरले गर्नेछन्।

विगत लामो समयदेखि डिशहोमसँग सहकार्य गर्दै आएका डिशहोम डिलर दाइहरुले अब छुट्टै शोरुममार्फत डिशहोम र डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फन्ड ट्रान्सर्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसनलगायत बिक्रीपछिको सम्पूर्ण सेवा नयाँ शोरुममार्फत प्रदान गर्ने जानकारी शोरुम सञ्चालकहरुले दिएका छन्।