काठमाण्डौ। संसारमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मोवाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी जिटी २ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ।
गत महिनाको सुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो। रियलमी जिटी २ प्रो युरोपको बजारमा स्नापड्रागन ८ जेन १ ले सुसज्जित पहिलो स्मार्टफोन हुनेछ।
अहिलेसम्मको सबैभन्दा प्रिमियम फ्लागशिप लाइन–अपका रुपमा रियलमीले विश्वभरका लाखौँ प्रयोगकताहरुका लागि टेक्नोलोजीहरु ल्याउने, उच्च बजारमा प्रवेश गर्ने र उच्च प्राविधिक नवीनतममा अग्रपङ्क्तिमा रहने लक्ष्य राखेको छ। रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले भने, ‘विश्वभरका प्रयोगकर्ताहरुलाई नयाँ र रोमाञ्चक कुराहरु प्रदान गर्न सधैँ राम्रो महसुस गरेका छौँ। रियलमी जिटी २ प्रो ले सम्पूर्ण कुरालाई उच्च स्तरमा ल्याएको छ।’
रियलमीका इन्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी इन्टरनेसनल बिजनेस ग्रुपका अध्यक्ष माधव शेठले भने, ‘हामी अझ ठूलो साहस र आकांक्षाका साथ सन् २०२२ मा प्रवेश गरेका छौँ। रियलमी जिटी २ सिरीजले नवप्रवर्तनको अग्रपंक्तिमा रहने हाम्रो दृष्टिकोणलाई मूर्तरुप दिनेछ। हाम्रा प्रयोगकर्तालाई व्यापक प्रिमियम ब्रान्डका अनुभव प्रदान गर्ने सिलसिलामा प्रविधिको नवीनतामा यो घोषणा हाम्रो गो–प्रिमियम रणनीतिलाई प्रतिनिधित्व गर्नेछ। गो–प्रिमियम रणनीतिद्वारा प्रिमियम सेगमेन्टमा, आफ्नो उत्कृष्ट तथा नवीनतम प्रयोगको रेकर्ड तोड्नेछ।’
तीन वर्षमा १० करोड युनिट विक्री गर्दै रियलमी विश्वव्यापी रुपमै शीर्ष ८ स्मार्टफोन ब्रान्डहरुमा परेको छ। उच्च प्रविधि र डिजाइनमा नवीनता रियलमीको छिटो वृद्धिको आधार बनेको छ। रियलमी जिटी २ प्रो मा तीन विशेषताहरु बायो–पोलिमर ब्याककभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र इनोभेसन फरवार्ड कम्युनिकेसन समावेश छ। जसले विश्वव्यापी रुपमा सबै स्मार्टफोन प्रयोगकर्तालाई अद्भुत अनुभव प्रदान गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago